२०८३ बैशाख १५ गते , मंगलबार

झापाको बाह्रदशीमा सामुदायिक खाद्य बैंक उद्घाटनसँगै हस्तान्तरण

sajilo news
झापा
२०८० पौष १३ गते , शुक्रबार
झापाको बाह्रदशीमा सामुदायिक खाद्य बैंक उद्घाटनसँगै हस्तान्तरण

झापा । झापाको बाह्रदशी गाउँपालिकामा सामुदायिक खाद्य बैंकको उद्घाटन तथा स्थानीय तहमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विश्व खाद्य कार्यक्रमको आमा तथा वाल स्वास्थ्य र पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा बाह्रदशीमा निर्माण गरिएको सामुदायिक खाद्य बैंकको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । 

]स्थानीय स्तरमा खाद्य सञ्चितको अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपद्मा परेका समुदायलाई खाद्य उपलब्धता मार्फत खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले स्थानीय तहसँगको साझेदारीमा सामुदायिक खाद्य बैंकको स्थापना गरिएको जनाइएको छ । 

विगतका वर्षको तुलनामा नेपालमा कुपोषणको दर क्रमशः घट्दै गएको छ तर अझै पनि पोषणका कतिपय सूचकमा कोशी प्रदेशको अवस्था सुधार हुन बाँकी छ । बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपको बढी जोखिममा रहेकोले यस क्षेत्रमा बहुआयमिक गरिबी कमजोर पूर्वाधारको अवस्थाले खाद्य तथा पोषण सुरक्षाको स्थितिमा प्रतिकुल असर पारेको देखिएको छ ।

यसै सन्दर्भमा स्थानीय तहद्वारा खाद्य भण्डारण सुविधासहित सञ्चालन हुने सामुदायिक खाद्य बैंकले कुपोषित र यसको जोखिममा रहेका गर्भवती, सुत्केरी ,बालबालिका र विपद्को समयमा लक्षित वा आवश्यक परेका परिवारहरूलाई स्थानीय किसानहरूबाट खाद्यान्न खरिद गरी निःशुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने गाउँपालिका अध्यक्ष देविन्द्र चम्लागाईले बताए । 

यस बैंकले सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेको विद्यालय दिवा खाजा कार्यक्रमको लागि आवश्यक खाद्य वस्तुहरू आपूर्ति र विक्री गर्न समेत महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष चम्लागाईले बताए । यस कार्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न कोशी प्रदेशमा नेपाल जनस्वास्थ्य तथा शिक्षा समूह (नेफेग) ले प्राविधिक सहयोग प्रदान गरिरहेको छ । 

सम्बन्धित समाचार