२०८३ बैशाख १० गते , विहीबार

डोरामारी माविले मनायो ५६ औं वार्षिक उत्सव 

sajilo news
झापा
२०८० पौष १५ गते , आईतबार
डोरामारी माविले मनायो ५६ औं वार्षिक उत्सव 

गौरादह । झापाको गौरादहस्थित डोरामारी माध्यमिक विद्यालयले आफ्नो ५६औं  वार्षिक उत्सव सम्पन्न गरेको  छ । विद्यालय प्राङ्गणमा शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको हो । 

कार्यक्रमको अवसरमा विद्यालय विद्यार्थीहरूले स्वागत तथा साङ्गीतिक नृत्य  का साथमा  विद्यालयको स्काउट समूहले अतिथिहरूलाई  स्वागत सम्मान अर्पण गरेको थियो ।  कार्यक्रमको अवसर पारेर विद्यालयका पूर्व प्रधानाध्यापक , पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व शिक्षक अभिभावक सङ्घ  अध्यक्ष हरूलाई सम्मानित गरिएको थियो ।

 साथै विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।  विद्यालयको ५६ औं  वार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक तथा विद्यार्थीहरूका विभिन्न रोमाञ्चक खेलका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रम लाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी , उप(प्रमुख जलबर्षा राजवंशी , प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा तथा  अक्षयकोषदाता देशबन्धु कार्की लगायतले सम्बोधन गरेका थिए । डोरामारी माध्यमिक विद्यालय २०२४ साल पुस १४ गते स्थापना भएको गौरादह क्षेत्रको सबैभन्दा पुरानो विद्यालय  हो ।

सम्बन्धित समाचार