२०८३ बैशाख १५ गते , मंगलबार

हल्दिबारी आधारभूत अस्पतालमा आजदेखि १२ घण्टा सेवा सुरु

sajilo news
झापा
२०८० पौष १८ गते , बुधबार
हल्दिबारी आधारभूत अस्पतालमा आजदेखि १२ घण्टा सेवा सुरु

हल्दिबारी । हल्दिबारी आधारभूत अस्पतालमा आजदेखि १२ घण्टा स्वास्थ्य सेवा सुरु भएको छ । हल्दिबारी गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार मंगलबारदेखि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्रै रहेको आधारभूत अस्पतालमा यसअघि ७ घण्टा सेवा सञ्चालन हुँदै आएको थियो । 

गत पुस १३ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार आ १२ घण्टा अस्पताल सञ्चालन हुने साथै सार्वजनिक बिदाको दिनमा पनि आकस्मिक सेवा सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले जानकारी दिए ।  स्वास्थ्य सेवालाई सहज बनाउने उद्देश्यले १२ घण्टे सेवाको सुरुवात गरिसकेको अध्यक्ष लिङदेनले बताए ।

१५ शय्याको यस अस्पतालमा आकस्मिक सेवा, ओपिडी, प्याथोलोजी सेवा उपलब्ध छ भने हप्तामा एक दिन भिडियो एक्स-रे सेवा पनि सञ्चालनमा रहेको छ । उक्त अस्पतालमा स्थापनाकालदेखि नै नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए । 

सम्बन्धित समाचार