२०८३ बैशाख १२ गते , शनिबार

आज उपनिर्वाचन : इलाम-२ मा ३० प्रतिशत मत खस्यो

sajilo news
इलाम
२०८१ बैशाख १५ गते , शनिबार
आज उपनिर्वाचन : इलाम-२ मा ३० प्रतिशत मत खस्यो

इलाम निर्वाचन क्षेत्र –२ मा ३०  प्रतिशत मत खसेको छ ।  दिउसो १२२० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।

एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ६ पालिकाका ४२ वटा वडामा मतदान जारी रहेको निर्वाचन कार्यालयका पदाधिकारीको भनाइ छ । 

सम्बन्धित समाचार