२०८३ बैशाख १४ गते , सोमबार
इलाम-२ को मतगणना सुरु
इलाम-२ मा मतगणना शुरु हुने भएको छ। सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेपनि केही ढिला गरी सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए। फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । त्यसपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ।
सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा राखिएको छ। हलका दुई स्थानमा मतगणना हुनेछ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ। मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ।