२०८३ बैशाख १४ गते , सोमबार

इलाम-२ : काँग्रेसका उम्मेदवार खड्का ८३ मतले अगाडि, एमालेका सुहाङ पछ्याउँदै

sajilo news
इलाम
२०८१ बैशाख १६ गते , आईतबार
इलाम-२ : काँग्रेसका उम्मेदवार खड्का ८३ मतले अगाडि, एमालेका सुहाङ पछ्याउँदै

इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का अगाडि रहेका छन्। कांग्रेसका उम्मेदवार खड्काले ११५५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुहाङ नेम्बाङ १०७२ मत प्राप्त गरेका छन्। उनीहरुबीच मतान्तर ८३ रहेको छ।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३१३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २११ मत प्राप्त गरेका छन्। 

फाकफोकथुम गाउँपालिका वडा नम्बर २ को मत गणना हुँदा डम्बर खड्काले ४९८, सुहाङ नेम्वाङ ५३८, मिलन लिम्बूले ९६, डकेन्द्रसिंह थेगिमले १२६ मत पाएका हुन्।

सम्बन्धित समाचार