२०८३ बैशाख ७ गते , सोमबार

नर्सिङ दिवसको अवसरमा ओमसाई हस्पिटलका कर्मचारीलाई सम्मान

sajilo news
झापा
२०८१ बैशाख ३१ गते , सोमबार
नर्सिङ दिवसको अवसरमा ओमसाई हस्पिटलका कर्मचारीलाई सम्मान

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा कार्यरत कर्मचारीहरूले फ्लोरेन्स नाइटिंगलको सम्झनामा आइतबार २०४ औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएका छन ।

अस्पतालको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा कर्मचारीहरूले नाइटिंगल प्रति सम्झना र सम्मान प्रकट गर्दै नर्सिङ दिवस मनाएका हुन् । कार्यक्रममा सहभागीहरूले फ्लोरेन्स नाइटिंगल प्रति फुलमाला लगाउनुका साथै केक समेत काटेका थिए ।

कार्यक्रममा सहायक मेट्रोन इन्दिरा खतिवडा  र सरसफाइ कर्मचारीबाट पुष्पलाल प्रसाईँलाई नगदसहित पुरस्कृत गरिएको थियो भने उत्कृष्ट वार्ड सर्जिकललाई पनि पुरस्कृत गरिएको थियो ।  

कार्यक्रममा अस्पतालका निर्देशक बाल कुमार पोख्रेल, अस्पतालका मेसु डा जय कुमार ठाकुर, अस्पतालका प्रमुख प्रशासक दीप पौडेलले लगायत मन्तव्य राखेका थिए । अस्पतालकी न्युरो वार्ड इन्चार्ज ज्योति भट्टराई र ओटी इन्चार्ज विनय उप्रेतीले संयुक्त रुपमा सं चलान गरेको कार्यक्रममा अस्पतालका विशेषज्ञ चिकित्सकहरू , नर्सिङ र  प्रशासनिक कर्मचारीको सहभागिता रहेको अस्पतालका प्रशासक मनोज दाहालले बताए ।

सम्बन्धित समाचार