२०८३ बैशाख ७ गते , सोमबार

ठूला अस्पतालहरुमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गरिने

sajilo news
झापा
२०८१ जेष्ठ १ गते , मंगलबार
ठूला अस्पतालहरुमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गरिने

सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग (ओपिडी) सेवा सञ्चालन गरिने जनाएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघीय अस्पताललाई कार्यबोझका आधारमा पुनर्संरचना गरिने उल्लेख गरेका छन्।  

राष्ट्रपति पौडेलले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायतका पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चारलन गरिने उल्लेख गरे। सरकारले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने जनाएको छ। 

सम्बन्धित समाचार