२०८३ बैशाख ७ गते , सोमबार
राष्ट्रिय युवा संघ भद्रपुरको नाक, कान, घाँटी तथा आँखा शिविर, ४ सयले लिए सेवा
भद्रपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले नाक, कान, घाँटी तथा आँखाको निःशुल्क शिविर सम्पन्न गरेको छ । संघले ३५ औं स्थापना दिवसको अवसरमा भद्रपुर १० नम्बर वडा कार्यालयको सभा हलमा आयोजना गरेको शिविरमा ४ सय जनाले निःशुल्क सेवा लिएको जनाइएको छ ।
बिर्ता आँखा अस्पतालको सहयोग तथा हलेसी चस्मा पसलको व्यवस्थापनमा भएको शिविरमा भद्रपुर १० का १०० वर्षीय रामप्रसाद थापाले समेत सेवा लिएका थिए ।
युवा संघ नगरका अध्यक्षका दीपक बुढाथोकीको अध्यक्षता तथा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य वसन्त बनियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले कोशी प्रदेश सदस्य घनश्याम अधिकारी लगायतले मन्तव्य राखेका थिए । युवा संघ नगर उपसचिव अशिम शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव पशुपति खतिवडाले गरेका थिए ।