२०८३ जेष्ठ २४ गते , आईतबार
भद्रपुरकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
भद्रपुर । भद्रपुरकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका-७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प