२०८३ जेष्ठ २४ गते , आईतबार
भद्रपुरमा ब्राउन सुगरसहित दमकका दुई युवा पक्राउ
भद्रपुुर । भद्रपुरको मेची पुलमा लागू औषध ब्राउन सुगरसहित दमकका दुई युवा पक्राउ परेका छन् । बुधबार साँझ ५:२० बजे भद्रपुर नगरपालिका- ५ मेची पुलस्थित अस्थायी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका प्र १–०१–०१२ प ४२७७ नम्बरको स्कुटर चालक दमक नगरपालिका- ९ बस्ने अन्दाजी २५ वर्षीय सञ्जय लावती र स्कुटरमा पछाडि सवार दमक- १० बस्ने अन्दाजी २८ वर्षीय काजीमान गुरुङलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्लास्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए । हिजो मात्र झापा गाउँपालिकामा दमकका तीन युवा लागू औषधसहित पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प