२०८१ चैत्र १३ गते , बुधबार

घट्यो पेट्रोल र डिजेलको मूल्य

sajilo news
झापा
२०८१ श्रावण १६ गते , बुधबार
घट्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  आज बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो। यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जानकारी दिएको छ।  हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले सूचना जारी गरी जनाएको छ।  मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार