२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै इलामका एक व्यक्ति पक्राउ
बिर्तामोड नगरपालिका– ३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् ।
बिहीबार मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १ –०१ –०१४ प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा इलाम पशुपतिनगर कोल्बुङ बस्ने २५ वर्षीय दिलबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज पदम बिस्टको टोलीले पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको बिर्ताबजार प्रहरी चौकीका व्यवस्थापन समिति अध्यक्ष विरन कोइरालाले जनाएका छन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प