२०८३ जेष्ठ २४ गते , आईतबार
पोखराका क्लब र दोहोरी साँझबाट ७ जना बालिकाको उद्धार
कास्की । पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकालाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकालाई उद्धार गरेको हो ।
पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प