२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ
झापामा प्रतिबन्धित लागू औषधसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भई हाल बिर्तामोड नगरपालिका- १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति साढे ९ बजे बिर्तामोड- १ स्थित पश्चिम बस स्ट्यान्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प