२०८३ जेष्ठ २४ गते , आईतबार
बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
बालिका बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। फिदिम नगरपालिका- १२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् ।
पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा फिदिम १३ का नेम्बाङलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङले जानकारी दिए।
नेम्बङमाथि १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार फिदिम बजारको सुन्तली चोकमा एक घरमा पीडित बालिका उनका अभिभावकसहित बस्दै आएकी थिइन् । सोही घरमा नेम्बाङले आइतबार राति बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प