२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको हल्दिबारीमा गाई काटे, टाउको र पुच्छर गाडेको अवस्थामा फेला
झापाको हल्दिबारी गाउँपालिका ३ स्थित भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा फेला परेको छ । गाई काटेर केही भाग गाडेको अवस्थामा मंगलबार साँझ मृत गाईको अवशेष फेला परेको हो । गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी ३ का वडा सदस्य अजित विष्टले बताए । उनले गाईलाई त्यही काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको जानकारी दिए ।
प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताए । उनले घटनाबारे अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प