२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको कमलमा लागू औषधसहित एक जना पक्राउ
झापाको कमल गाउँपालिका-७ स्थित खरेल चौकमा लागू औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय मिलन बस्याल रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादह प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी र प्रहरी चौकी महारानीझोडाका प्रहरी सहायक निरीक्षक बुद्धराज भट्टराईको संयुक्तको टोलीले बस्याललाई आइतबार साँझ ५ बजे पक्राउ गरेको हो ।
प्रहरीले उनको घरबाट २२५ पत्ता एक्टिरफ र ७० पत्ता ट्रामाडोल लागु औषध ट्याब्लेट बरामद गरेको जनाइएको छ । उनी लागुऔषधको कारोबारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प