२०८१ भाद्र २४ गते , सोमबार

माओवादी केन्द्र भद्रपुरको अध्यक्षमा राजवंशी निर्वाचित

sajilo news
झापा
२०८१ भाद्र १० गते , सोमबार
माओवादी केन्द्र भद्रपुरको अध्यक्षमा राजवंशी निर्वाचित

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भद्रपुरको अध्यक्षमा हंशधर राजवंशी निर्वाचित भएका छन् । माओवादी केन्द्रको विशेष अधिवेशनबाट भद्रपुर ४ नम्बरका वडाअध्यक्ष समेत रहेका राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ९६ मत ल्याएकोमा अध्यक्षका अर्का प्रतिस्पर्धी राजु दाहाल ३४ मत ल्याएका छन् ।

त्यस्तै सहसचिवमा तेजप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले  ९८ मत ल्याएकोमा उनका  प्रतिस्पर्धी  पुष्पलाल राजवंशीले ३५ मत ल्याएका छन् । अध्यक्ष र सहसचिवबाहेक अन्य पदका उम्मेदवार सर्वसम्मत भएका छन् । नगर उपाध्यक्षहरूमा विष्णु पौडेल र उर्मिला सापकोटा, सचिवमा जीवन बास्तोला र कोषाध्यक्षमा बुद्धिमान लिम्बू चयन भएका छन् । विशेष अधिवेशनले ४९ सदस्यीय समिति चयन गरेको छ भने ६ जना सदस्यीय नयाँ कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।

 

सम्बन्धित समाचार