२०८३ जेष्ठ २४ गते , आईतबार
मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ
झापाको मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । आइतबार साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने अन्दाजी वर्ष २० का सुमित सुनुवारलाई चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प