झापामा सशस्त्र प्रहरीको सक्रियता, ६ महिनामा ५०९ वटा पशु चौपाया नियन्त्रण
झापा । झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरुले ६ महिनाको अवधिमा ५०२ वटा गाईगोरु र ७ वटा राँगाभैँसी नियन्त्रणमा लिएर भन्सार बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए ।
सीमा नाकाबाट अवैध रुपमा भारततर्फ लगिरहेका पशु चौपायाबाट २४ लाख ४ हजार मूल्य बराबरको राजश्व संकलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका एसपी कवीन्द्र राईले जिम्मेवारी सम्हालेदेखि गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्म गाईगोरुबाट २२ लाख ३५ हजार रुपैयाँ र ७ वटा राँगाभैँसीबाट १ लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको डीएसपी पोखरेलले बताए ।
जिल्लाका विभिन्न नाकाबाट तस्करी मौलाएसँगै सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ गरिएको उनको भनाई ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प