२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा मोटर चोर्ने तीन जना समातिए
झापाको गौरीगञ्जमा मोटर चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरीगञ्ज ३ का प्रह्लाद महतो ,सोही ठाउँका अजयकुमार महतो र लालबहादुर कटुवाल रहेका छन् । उनीहरूलाई चोरिएको मोटरसहित आइतबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए । उनीहरूले भदौ ५ गते मोटर चोरी गरेका थिए । केही महिनाभित्र गौरीगञ्ज क्षेत्रमा ५ वटा मोटर चोरी भएको उनले जानकारी दिए ।
दक्षिणी ग्रामीण क्षेत्रमा मोटर र ट्युबवेल चोरी हुने क्रम बढेको छ । झापा बजारस्थित सार्वजनिक शौचालयमा रहेको दुई वटै ट्युबवेल चोरी भएपछि विगत एक महिनादेखि शौचालय बन्द रहेको बजार समितिका अध्यक्ष बरतलाल राजवंशीले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प