२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको गौरादहमा ब्राउन सुगरसहित एक जना पक्राउ
झापाको गौरादह नगरपालिका- ३ बाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को २७ प ३५४९ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका-५ का २१ वर्षीय दीपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । ब्राउन सुगरसहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प