गाेठबाट गाई चाेरेर दमकमा गौहत्या, लिङ्देनले गराए सरकारको ध्यानाकर्षण
झापाको दमकमा गौहत्या भएको छ । दमक नगरपालिका- २ का ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गएराति गाई चोरेर लगेर हत्या गरिएको हो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ।
घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । विष्टको कोरली गाई कुशल पौडेलको घर अगाडि लगेर काटेको दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए। यता घटनापश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दमककाे गौहत्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले दमकको घटनापछि सामाजिक संजालमार्फत अर्काको गोठको गाई चोरेर हत्या गर्नु निन्दनीय र चरम अराजकता हो भन्दै यस प्रकारका कार्यहरू अविलम्ब रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यो हदको कार्य किन हुन्छ र यस्ता कार्यहरुका लागि के र कसले प्रेरणा दिन्छ ? भन्दै प्रश्न गरेका छन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प