२०८३ बैशाख ५ गते , शनिबार

बीएण्डसी मेडिकल कलेजले पायो एमबीबीएस अध्यापनका लागि ५० सिट

sajilo news
झापा
२०८१ भाद्र २१ गते , शुक्रबार
बीएण्डसी मेडिकल कलेजले पायो एमबीबीएस अध्यापनका लागि ५० सिट

चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। आयोगले बीएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएको बीएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो।

कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।

सम्बन्धित समाचार