२०८३ जेष्ठ २४ गते , आईतबार
शिवसताक्षीका युवा ब्राउन सुगरसहित पक्राउ
भारतबाट लागूऔषध भित्र्याउँदै गर्दा झापा शिवसताक्षीका एक युवा पक्राउ परेका छन् । आइतबार साँझ ६.३० बजे झापा गाउँपालिका-४ मा प्र.१ –०१–०१७ प १७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका शिवसताक्षीको धरमपुर बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरुङलाई प्रहरीले चेकजाँच गरेको थियो ।
त्यस क्रममा लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ३ ग्राम ६३ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प