२०८३ बैशाख ४ गते , शुक्रबार

प्रसादी खादा फुड पोइजन भएर बिरामी परेका ५९ मध्ये ५२ जनाको डिस्चार्ज

sajilo news
झापा
२०८१ भाद्र २७ गते , विहीबार
प्रसादी खादा फुड पोइजन भएर बिरामी परेका ५९ मध्ये ५२ जनाको डिस्चार्ज

झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी हुने अधिकांश निको भएर डिस्चार्ज भएका छन् । फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये गएरातिसम्म ५२ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलवार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसाद स्वरूप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका छन् ।

बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । त्यस्तै केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार