झापाकाे शिवसताक्षीमा भाईकाे हत्या आराेपमा दाजु पक्राउ
झापा । झापाको शिवसताक्षीमा आफ्नै भाईकाे हत्या आराेपमा दाजु पक्राउ परेका छन् ।
प्रहरीले शिवसताक्षी नगरपालिका-८ शितल चौक निवासी ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरेकाे हाे । घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिए ।
गएराति करिब ९ बजे आफ्नै घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट देखिएकाेले उनीमाथि दाउरा प्रहार भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र त्यसपछि नारायणले भाइलाई दाउराको चिर्पटले हानेकाे आशंका गरिएको छ । प्रहरीले राति नै मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प