२०८३ जेष्ठ २४ गते , आईतबार
मोरङको जुवा खालमा प्रहरीको छापा, साढे १८ लाख रुपैयाँसहित ९ जुवाडे पक्राउ
मोरङको ग्रामथान गाउँपालिका –४ कटरीयाबाट प्रहरीले गए राति ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा बेलबारी प्रहरीले राति ८ बजे छापा मारेको थियो ।
जुवाको खालबाट प्रहरीले १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेहरूमा अभिलाल माझी, जयकिशोर शाह, जनककुमार मास्के, महेश शाह, शिवनारायण माझी ,युवक राई ,रितुवर्ण नेम्बाङ , लोकनाथ सापकोटा र प्रताप राई रहेका छन् । त्यस्तै अर्जुन तुम्रुक फरार भएका छन् ।
प्रहरीले बा प्र.०१–०२०च९७३७, बा१५च ६७३०, बा१५च७२८१, बा१८च३७०२,बा……४८५०,बा१ज५९१६, बा१८च४५६५ नं को गाडी समेत नियन्त्रणमा लिएको छ । अर्जुन तुम्रुकको गाडी छोड्न प्रहरीलाई दबाब दिइरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प