२०८१ आश्विन २८ गते , सोमबार

प्रधानमन्त्रीको गृहजिल्ला झापामा प्रचण्डको मर्निङ वक

sajilo news
झापा
२०८१ भाद्र ३० गते , आईतबार
प्रधानमन्त्रीको गृहजिल्ला झापामा प्रचण्डको मर्निङ वक

बिर्तामोड । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा मर्निङ वक गरेका छन् । आइतबार बिहान ५ बजे पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले बिर्तामोडमा नेता कार्यकर्ताहरूसँग सँगै हिँडेका हुन् । 

होटेल टायमलेसबाट प्रचण्ड कार्यकर्तासँग महानन्द चोक हुँदै टेकबहादुर गिरी बसपार्कसम्म हिँडेका हुन् । हिँड्ने क्रममा उनले यहाँको वस्तुस्थितको बारेका जानकारी लिएका थिए भने सर्वसाधारणले उनलाई स्वागत गरेका थिए । बसपार्कस्थित सेवारो कफी लाउञ्जमा ग्रिन टी खाएर उनी होटेल फर्किएका थिए । 

पार्टीका उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार), केन्द्रीय सदस्य धर्मशिला चापागाईँ, झलकसिंह दर्लामी ९सन्देश०, झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि), प्रदेश सदस्यहरू, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी (कर्मा) लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

अध्यक्ष प्रचण्ड आज बिर्तामोडस्थित सिटी सेन्टरमा हुने जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न झापा आएका हुन् । उनी ६ वर्षपछि झापा आएका हुन् ।

सम्बन्धित समाचार