२०८३ जेष्ठ २४ गते , आईतबार
चोरिएका चार वटा मोटरसाइकलसहित चार जना पक्राउ
धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ स्थित कमुवा खोलाबाट चोरीको चार वटा मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी- ३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्त कुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका- ४ का १८ वर्षीय आयुस विश्वकर्मा रहेका छन ।
भदौ ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाइकल चोरीमा संलग्न रहेका उनीहरूलाई विभिन्न मितिमा चोरी भएको को २६ प ८३७३, बा ६७ प २४१७ नम्बरको पल्सर मोटरसाइकल र को २८ प ७४७१, को १७ प ९७१८ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो । चोरीको मोटरसाइकल र स्कुटरसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प