२०८३ जेष्ठ २४ गते , आईतबार
कचनकवलमा गाँजा कारोबारमा संलग्न तीन जना पक्राउ
कचनकवल । झापाको कचनकवलमा लागूऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका- ६ का ४७ वर्षी नारायण सिंह राजवंशी ,भद्रपुर नगरपालिका- १ का २४ वर्षीय प्रकाश भारती र सोही ठाउँका २४ वर्षीय पूजन सुवेदी रहेका छन् । अवैध गाँजा कारोबारमा संलग्न तीनै जनालाई बनियानीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प