२०८३ बैशाख ४ गते , शुक्रबार

बिल तिर्न नसक्दा बिर्तामोड चिल्ड्रेन अस्पतालमा एक बालिका बन्धक

sajilo news
झापा
२०८१ आश्विन १ गते , मंगलबार
बिल तिर्न नसक्दा बिर्तामोड चिल्ड्रेन अस्पतालमा एक बालिका बन्धक

बिर्तामोड । झापाको बिर्तामोड चिल्ड्रेन अस्पतालले इलामकी ४ वर्षीया समीक्षा भट्टराई नाम गरेकी बालिकालाई उपचार गरेपछि बिल तिर्न नसकेको कारण डिस्चार्ज नगरेको आरोप परिवारजनले लगाएको छन्।
स्वास्थ्य समस्याका कारण उपचार गराइरहेकी समीक्षा स्वास्थ्य हुँदै गएपछि अस्पतालले शुक्रबार नै डिस्चार्ज गरे पनि उपचारमा लागेको शुल्क बुझाउन नसक्दा बालिकालाई डिस्चार्ज नगरी बन्धक बनाएको परिवारको दाबी छ।
अस्पताल प्रशासनले भने उपचार खर्च तिर्न नसकेको अवस्थामा डिस्चार्ज गर्न नसकिएको जानकारी गराएको छ । परिवारले आर्थिक कठिनाइका कारण पुरा शुल्क तिर्न समस्या भएको र केही दिनमा घर गई ल्याउने बताए पनि उनलाई अस्पताले डिस्चार्ज नगरी बन्धक बनाएको छ ।
बिरामीको विषयमा अस्पताल प्रशासन इन्चार्ज राजेन्द्र कुमार मैनाली सँग कुरा गर्दा सञ्चारकर्मीलाई नै पैसा उठाएर बुझाई दिनु भन्ने अभिव्यक्ति दिएका छन् र उनले भने पैसा नबुझाई हामी बिरामीलाई छोड्न सक्दैनौ भन्दै शुक्रबार देखीको बेड चार्ज नलिएको समेत उनले जिकिर गरेका छन् ।

सम्बन्धित समाचार