सशस्त्र प्रहरीद्वारा ब्राउन सुगर भित्राउन खोज्ने दुईजना पक्राउ
सशस्त्र प्रहरीले भारतबाट ठुलो मात्रामा लागू औषध भित्र्याउन खोज्ने एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ६ बजे मेचीनगर– ४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा प्लास्टिकसहित ६६.७८० ग्राम ब्राउन सुगरसहित झापा शिवसताक्षी– १ धरमपुर घर भएका २३ वर्षीय विशाल खड्का र भारत दार्जिलिङ जिल्ला किलारामजोत ताराबारी बस्ने १७ वर्षीय सरोज माझीलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्रमणि राईको कमान्डमा खटिएको गस्ती टोलीले डब्लुबी ७४बीके २४३८ भारतीय नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्नेक्रममा खड्का र माझीको साथबाट सो लागू औषध बरामद भएको थियो । दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बाहुनडाँगी बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेलले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प