२०८३ जेष्ठ २४ गते , आईतबार
भरुवा बन्दुकसहित एकजना पक्राउ
ताप्लेजुङमा चार थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाडपर्वलाई पनि लक्षित गरी खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान अन्दाजी ६बजे ताप्लेजुङ फक्तालुङ– ५ बैताङगु एरियातर्फ गस्ती गर्ने क्रममा गोप्य सूचनाको आधारमा स्थानीय जितबहादुर लिम्बूको घर कोठामा खानतलासी गरेको थियो । त्यसक्रममा एक थान एक नाले भरुवा बन्दुक फेला परेको हो ।
त्यस्तै सोही ठाउँमा रहेको देबीस्थान जंगलको ओडारमा बेवारिसे अवस्थामा राखिएको ३ थान भरुवा बन्दुकसमेत बरामद भएको छ । ४ थान भरुवा बन्दुक र लिम्बूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङतर्फ ल्याउँदै गरेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१ गुल्म हे.क्वा. कञ्चनजङ्घा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट चाडपर्वलाई पनि लक्षित गरी संयुक्त गस्ती टोली खटिएको थियो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प