अल्बानिया पठाइदिने भन्दै ठगी गर्ने झापाका राजवंशीसहित दुई पक्राउ
झापा । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–७ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल रहेका छन् ।
पक्राउ परेकामध्ये राजनले १ जना पीडितबाट ३ लाख रुपैयाँ र जयनारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौँको नागार्जुन नगरपालिका–२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभा ग ताहाचल काठमाडौँ पठाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प