इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
इलामको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन् । श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
सन्दकपुर– १ भित्ते बस्ने वर्ष अन्दाजी ४६ का उजबहादुर राई र उनकी श्रीमती वर्ष अन्दाजी ४० की फुलमाया राई मृत फेला परेका हुन् । घरदेखि अन्दाजी १५ मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा फेला परेकी फुलमायाको टाउकोको पछाडि भागमा गहिरो चोट रहेको छ भने उजबहादुर उक्त घटनास्थलदेखि अन्दाजी ५० मिटर दक्षिण खोल्सामा रहेको निबाराको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएका छन् ।
त्यस वडाका वडा अध्यक्षले आज बिहान ७ बजे घटनाबारे प्रहरीलाई खबर गरेका थिए । अजबहादुर र फुलमाया मात्र घरमा बस्ने गरेका थिए । उनीहरूका जेठा छोरा वैदेशिक रोजगारमा रहेका छन् भने कान्छा छोरा रोजगारकै क्रममा फिक्कलमा छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प