चालकलाई घाइते बनाएर ट्रकमा आगजनी गर्ने तुम्बापो र चौधरीमाथि ज्यान मार्ने मुद्दा
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुई जना समर्थकमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीमाथि सो कसुरमा प्रहरीले कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चौधरी हिजो र तुम्बापो आज पक्राउ परेका थिए ।
दुवैमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार प्रतिवादीहरूको हकमा तदारुकताका साथ खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।
दुर्गा प्रसाईँका समर्थकहरूले असोज ६ गते राति दुई वटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालकलाई समेत ज्यान मार्ने प्रयास गरेका थिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प