२०८३ बैशाख ४ गते , शुक्रबार

यस्तो छ ‘चुम्बन’ बारे केही रोचक तथ्य

sajilo news
एजेन्सी
२०८१ आश्विन ८ गते , मंगलबार
यस्तो छ ‘चुम्बन’ बारे केही रोचक तथ्य

चुम्बनबारे मानिसका विभिन्न धारणा हुन्छन् । जसको जे धारण भए पनि अन्तत्वगत्वा यसले माया, स्नेह र सद्भावलाई नै झल्काउँछ ।चुम्बनले तपाईंको प्रेम जीवनलाई आनन्दित बनाउने मात्र नभइ यसले तपाईंको स्वास्थलाई पनि फाइदा पुर्‍याउँछ । प्रेममा आनन्द प्राप्तिको लागि गरिने चुम्बनले तपाईंको स्वास्थलाई पनि फाईदा पुग्छ भन्ने कुराले तपाईंलाई चुम्बनप्रति अझ सकारात्मक प्रभाव पर्न सक्छ । प्रेमी–प्रेमिका होस् या आफन्त नै किन नहुन् चुम्बनले मानिसको सम्बन्धलाई जोड्ने काम गरिरहेको हुन्छ । चुम्बनका बारेमा

केही रोचक १० तथ्यहरु यस्ता छन्–

  • चुम्बन शब्द ध्वनिमा आधारित छ। यो जर्मनीको ‘कस्ट’ शब्दबाट आएको हो।
  • पुरुषको तुलनामा महिलाहरू चुम्बनलाई महत्व दिन्छन्।
  • कतिपय एसियाली संस्कृतिमा चुम्बन गरिँदैन। साथै व्यावहारिक उद्देश्य पनि रहँदैन।
  • पुरुषहरूमा यसले टेरेस्टेरोन हर्मोनको माध्यमबाट भावना जागृत गराउँछ।
  • चुम्बनलाई एडिक्सनको रूपमा समेत लिने गरिन्छ।
  • चुम्बनले तपाईंलाई प्रेम दिलाउँछ। उही व्यक्तिबीच हुने चुम्बन क्रमशः पुरानो लाग्दै जाने अध्ययनले बताएका छन्।
  • सुरक्षित रूपमा गरिने चुम्बनले स्वास्थ्यलाई फाइदा गर्छ। यसले प्रतिरक्षा प्रणाली बढाउँछ, तनाव मुक्त गर्छ र उच्च रक्तचाप घटाउन सहयोग गर्छ।
  • चुम्बनपछि आपसमा महसुस र प्रतिक्रिया भएन भने त्यो उपयुक्त साथी होइन।
  •  मनोवैज्ञानिकहरू भावुक चुम्बनलाई सम्बन्ध निरन्तरताको सहयोगी मान्छन्।
  • चुम्बनको समयमा कम्तीमा अनुहारका २४ मांसपेशी र घाँटी, काँध र गर्धनका एक सय १२ मांसपेशी सक्रिय हुन्छन्।

–पत्रपत्रिकाको सहयोगमा

 

सम्बन्धित समाचार