इटहरी यातायात कार्यालयबाट १७ जना बिचौलिया पक्राउ
यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ जना बिचौलिया पक्राउ परेका छन् । बुधबार दिउँसो प्रहरी टोलीले यातायात कार्यालय पुगेर उनीहरूलाई पक्राउ गरेको हो ।
यातायात कार्यालयमा बिचौलियाले अनावश्यक दुःख दिने गरेको गुनासोको आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको प्रहरी टोली अनुगमनमा पुगेको थियो ।
कार्यालयका महत्वपूर्ण कागजात नै लेखापढी केन्द्रसम्म लगी सेवाग्राहीसँग काम गरिदिने भन्दै मोलतोल गर्ने गरेको गुनासो प्रशासनसमक्ष पुगेको बताइएको छ । उनीहरूले सवारी चालक अनुमतिपत्र चाँडै निकालिदिने भन्दै सेवाग्राहीसँग रकम असुली गर्ने गरेका छन् ।
इलाका प्रहरी कार्यलय इटहरीका अनुसार पक्राउ परेकाहरूको विषयमा अनुसन्धान सुरु गरिएको छ । प्रदेश सरकार मातहत रहेको यातायात कार्यालयमा सेवाग्राहीले अत्यधिक सास्ती पाउने गरेको जनगुनासो बढ्दो छ ।
पक्राउ पर्नेहरु व्यक्तिहरु


सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प