२०८१ आश्विन २८ गते , सोमबार

बंगलादेशमा दुर्गा पूजा नगर्न चेतावनी

sajilo news
एजेन्सी
२०८१ आश्विन ९ गते , बुधबार
बंगलादेशमा दुर्गा पूजा नगर्न चेतावनी

ढाका  ।  बंगलादेशमा सत्ता परिवर्तनसँगै हिन्दू र अल्पसंख्यकका लागि कष्टकर बन्दै गएको छ। बंगलादेशका हिन्दूहरूमाथि दमन हुन थालेको छ। दुर्गा पूजा मनाउनेलाई धम्की दिने पत्रदेखि हिन्दू पदाधिकारीलाई जबरजस्ती सेवाबाट बिदा गर्नेसम्म हुन थालेका छन्। बंगलादेशमा कसरी कट्टरपन्थीहरू हावी भएका छन् भन्ने भीडियो सार्वजनिक भएको छ।

यो भीडियोमा मानिसहरूको भीडले दुर्गापूजा हुन दिइने छैन भनी बंगाली भाषामा नारा लगाएको देख्न सकिन्छ। न्यूज–१८ को रिपोर्टका अनुसार गुप्तचर निकायसँग सम्बन्धित केही व्यक्तिले अल्पसंख्यकमाथि हुने उत्पीडनमाथि नजर राखेको र बंगलादेश सरकारका वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्। शेख हसिनाको सत्ता बहिर्गमनपछि  मोहम्मद युनुसले सरकारको नेतृत्व सम्हालेका छन्। 

बंगलादेशका हिन्दुहरूले बेनामे पत्र पाउन थालेका छन्।  पत्रमा उनीहरूलाई पाँच लाख टका (५ लाख ५५ हजार नेपाली रुपैयाँ) नदिई दुर्गा पूजा गर्न नदिने धम्की दिइएको छ। विभिन्न पुजा महोत्सव समितिका नेताहरूलाई पठाएको पत्रमा शर्त पालना नगरे गम्भीर परिणाम भोग्नुपर्ने उल्लेख गरिएको छ।

केही समितिले हिंसाको डरले दुर्गापूजा रद्द गरेका छन्। कतिपय भने प्रहरीकहाँ पुगेका छन्। यसबारे सञ्चारमाध्यममा जानकारी दिएमा टुक्राटुक्रा पारिने चेतावनी पनि पत्रमा दिइएको छ। ढाकामा विरोध प्रदर्शन गर्दै दुर्गापूजा रोक्न माग गरिएको छ।

पत्रमा ‘इदमा नमाज पढ्ने जमिनमा हिन्दूहरूले पूजा गरेमा त्यो भूमि ‘अपवित्र’ हुने उल्लेख छ। आइतवार मात्रै ७४ वर्षीय हिन्दू स्वतन्त्रता सेनानी खगेन्द्रनाथ प्रामाणिकमाथि बंगलादेशमा आफ्नै घरमा धारिलो हतियार प्रहार गरिएको छ। उनी स्वतन्त्रता सेनानी हुन्। 

सम्बन्धित समाचार