२०८३ जेष्ठ २४ गते , आईतबार

८० हजार घुस लिने बुद्धशान्तिका वडाध्यक्ष ओली निलम्बित

sajilo news
झापा
२०८१ आश्विन १० गते , विहीबार
८० हजार घुस लिने बुद्धशान्तिका वडाध्यक्ष ओली निलम्बित

झापाको बुद्धशान्ति गाउँपालिका- २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली(गोपाल) निलम्बनमा परेका छन्। सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा उनी निलम्बनमा परेका हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

तीन दिन अगाडि बिर्तामोडको हनुमान सेन्ट्रलमा एक जना सेवाग्राहीसँग घर बाटो सिफारिस गरिदिएबापत ओलीले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए। उनलाई नेकपा माओवादीको नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्ताले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए।

घर बाटो सिफारिसका लागि अनधिकृत रकम बुझाउने भारतका अमरनाथ चौहानलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका चौहानमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।

वडा अध्यक्ष निलम्बनमा परेको पत्र गाउँपालिकामा आएको पालिकाका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिए। उनले कार्यपालिकाको बैठक बसेर कार्यवाहक तोक्ने तयारी भइरहेको जानकारी दिएका 

सम्बन्धित समाचार