२०८१ आश्विन २८ गते , सोमबार
युवा संघ झापाको अधिवेशनमा विवाद, असन्तुष्ट पक्षद्वारा नाराबाजी
राष्ट्रिय युवा संघ झापाको नवौँ अधिवेशनमा विवाद भएको छ । अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचन कार्यक्रममा विवाद भएको हो । नयाँ नेतृत्वका लागि युवा संघ झापाका नेता विकास गिरी र आयोजक कमिटीका संयोजक फूर्वा लामाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका थिए ।
फूर्वा लामालाई अध्यक्ष दिने गरी पार्टी नेतृत्वले सर्वसम्मत निर्णय गरेपछि गिरी पक्षधरविरुद्धमा उत्रिएका हुन् । उनीहरूले एमाले पार्टी कार्यालय बिर्तामोडमा अहिले चर्को नाराबाजी गरिरहेका छन् । गिरी समर्थकले चुनाव हुनुपर्ने माग गरिरहेका छन् । पालिका अध्यक्ष, पालिका सदस्य र क्षेत्रीय सदस्यहरू लगभग टुङ्गिएको बताइएको छ ।