२०८३ जेष्ठ २४ गते , आईतबार
भुटानी शरणार्थी शिविरबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
झापाको भुटानी शरणार्थी शिविरबाट दुई लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । गएराति अन्दाजी १० बजे दमक– ३ बेलडाँगी शिविर सेक्टर नम्बर बी वान हट नम्बर १९ बस्ने पेमासिंह तामाङको घरमा उनकै छोरा २१ वर्षीय अभिसेक तामाङ र दमक– ७ बस्ने २७ वर्षीय सञ्जीव लिम्बू लागू औषधसहित पक्राउ परेका छन् ।
उनीहरूको साथबाट स–साना पोकामा प्लास्टिकसहित १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प