झापाको बाह्रदशीमा एक युवकको हत्या आशङ्का, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का
चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी-५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशङ्कामा प्रहरीले उत्खनन शुरु गरेको छ ।
बाह्रदशी-५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । छिमेकी नरेश राजवंशी र उनकी भाउजूले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशङ्कामा प्रहरीले आज साँझदेखि उत्खनन गरेको हो । तर, अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन । हत्या गरेर गाडेको स्वीकार गरिसकेका नरेश राजवंशीले देखाएको ठाउँमा खन्दा शव नभेटिएको फूलबारी प्रहरी चौकीका असई श्रवण चौधरीले बताए । उनले घरभित्र र घर बाहिर पनि खन्ने काम भइरहेको जानकारी दिए ।
प्रहरीले नरेश राजवंशी र उनकी भाउजूलाई नियन्त्रणमा लिएको छ । नरेशका दाजु गणेश राजवंशी दुबईमा रहेका छन् । देवर र भाउजूले मिलेर ठाकुरको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । हराएका ठाकुरले लगाएको कपडा, नुनको बोरा र हतियार भेटिएको जनाइएको छ । घटनास्थललाई सिल गरी थप अनुसन्धान भोलि बिहानबाट गरिने प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प