२०८३ जेष्ठ २४ गते , आईतबार
श्रीमानले आफ्नै श्रीमतीको टाउको छिनाइदिए
उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा एक व्यक्तिले आफ्नै श्रीमतीको टाउको छिनाइदिएका छन् । आज साँझ ७ बजे त्रियुगा नगरपालिका ६ जलजलेस्थित सम्सेर तामाङको घरमा भाडा लिएर बसेका ताप्ली– ४ लखनडाँडा घर भएका अन्दाजी ३५ वर्षका जंगे तामाङले आफ्नै श्रीमती अन्दाजी २९ वर्षकी प्रमिला तामाङको घाँटी छिनाइदिएका हुन् ।
उनले घाँटी काटेर सोही वडाको सगरमाथा दिक्तेल सडकखण्डअन्तर्गत उदयसि इङ्लिस बोर्डिङ अगाडी टाउको फालेर इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका छन् । तामाङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प