२०८३ जेष्ठ २४ गते , आईतबार
पशु करणी गर्दैगर्दा एक युवक पक्राउ
खोटाङमा पशु करणी गर्दैगर्दा एक युवक पक्राउ परेका छन् । आज बिहान ९ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–३ कारागारनजिकै बस्ने मुना खत्रीको गाई सोही ठाउँको जंगलमा चरिरहेको अबस्थामा ऐसेलुखर्क –४ जलेश्वरी बस्ने १९ वर्षीय निश्चल दर्नालले गाईको खुट्टा र घाँटीमा डोरी लगाई गुराँसको बोटमा बाँधेर जबर्जस्ती करणी गरिरहेका थिए ।
गाईधनीले देखेर खेदाउँदै गर्दा भागेका दर्नाललाई कारागार अगाडिबाट कारागारमा खटिएको प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प