झापाको होटेलमा प्रहरीको छापा, १२ जुवाडे पाँच लाख नगदसहित पक्राउ
झापा । प्रहरीले छापा मारेर झापाका एक होटेलबाट १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले गएराति साढे ८ बजे शिवसताक्षी नगरपालिका–९ दुधेस्थित विनोद खरेलको घरमा रहेको सगरमाथा होटेलमा छापामा पारेको थियो । त्यस क्रममा जुवाको खालबाट १२ जना जुवाडे पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी– ६ का ५० वर्षीय मिलन भण्डारी, सोही वडाका ४२ वर्षीय नवीन तिम्सिना, शिवसताक्षी ९ का ३९ वर्षीय विनोद खरेल (घर तथा होटेल साहु), सोही वडाका ४७ वर्षीय दीपक तामाङ, सोही वडाका ३९ वर्षीय प्रकाश लिम्बू, ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, ४१ वर्षीय खगेन्द्र उप्रेती, २० वर्षीय सौगात मैनाली, शिवसताक्षी ११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा र भारत कोलकाताका ४१ वर्षीय परितोष पल रहेका छन् ।
घरको तेस्रो तलामा प्रहरीले छापा मारेर एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प