२०८३ जेष्ठ २४ गते , आईतबार
भद्रपुरबाट ब्राउन सुगर भित्राउने बिष्णु राजवंशी पक्राउ
भद्रपुर । भद्रपुरको मेचीपारि नाकाबाट ब्राउन सुगर भित्राउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-२ का २५ वर्षीय विष्णु राजवंशी रहेका छन् ।
भद्रपुर नगरपालिका-३ मेचीपारि नाकास्थित झोलुङ्गे पुलमा खटिएका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरको टोलीले शुक्रबार दिउँसो २:५० मिनेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाइकलमा सवार राजवंशीलाई शङ्का लागि चेकजाँच गरेका थिए ।
उनले मुख भित्र प्लास्टिकको पोका बनाएर ल्याउँदै गरेको २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सशस्त्रले बरामद गरेको थियो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर सशस्त्रले नेपाल प्रहरीलाई बुझाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प