२०८३ जेष्ठ २४ गते , आईतबार
५० काटुन् सिक्किमे रक्सी बोकेको गाडीसहित झापाका दुईजना पक्राउ
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मेवाखास्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारीसाधनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० काटुन् सिक्किमे मदिरा बरामद गरेको हो ।
बरामद भएको अवैध मदिरा, मदिरा ओसारपसारमा संलग्न झापा बुद्धशान्ति गाउँपालिका– ३ का महेन्द्र बर्देवा, सवारीसाधन र चालक बुद्धशान्ति–३ का सनम राईलाई आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प